प्रेस रजिस्ट्रार भण्डारीले लिइन् सपथ

पाेखरा | भदौ ३१, २०८१

प्रेस रजिस्ट्रार भण्डारीले लिइन् सपथ

पोखरा:     गण्डकी प्रदेशमा नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सपथ लिएकी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई सोमबार सपथ खुवाएका हुन् । 


भण्डारीलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रजिस्ट्रारमा नियुक्त गरेको थियो ।

 

गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम आगामी ४ वर्षका लागि प्रेस रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था छ ।


भण्डारी नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष हुन् ।

 

गण्डकी प्रदेश सरकारले आमसञ्चार सम्बन्धी व्यवस्था गर्नेबारेको कानुन निर्माण गरेपछि सोही कानुनको व्यवस्था अनुसार प्रेस रजिस्ट्रार नियुक्ति गरेको हो । प्रेस रजिस्ट्रारले प्रदेशमा आमसञ्चारको व्यवस्थापन र नियमनको काम गर्ने कानुनी व्यवस्था छ ।


प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाले दरखास्त दिएका थिए ।

 

 


 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्